नेकपा भक्तपुरको छैठौं पूर्ण बैठक सम्पन्न

नेकपा भक्तपुरको छैठौं पूर्ण बैठक सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला समितिको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हितमानको प्रमुख आतिथ्यता, पार्टी जिल्ला इन्चार्ज शरद रसाइलीको आतिथ्यता तथा पार्टीका जिल्ला सेक्रेटरी विजयको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टीको १२ औँ केन्द्रीय समितिले बनाएको याेजनालाई कार्यान्वयन गर्ने, स्थानीय निर्वाचनमा एमसीसी विरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने, दलाल संसदीय व्यवस्थाको भण्डाफाेर गर्ने र जनमत संग्रहको वातावरण तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :