नेकपा दैलेखको प्रशिक्षण तथा बैठक सम्पन्न

नेकपा दैलेखको प्रशिक्षण तथा बैठक सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण तथा तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

आठबिस नगरपालिकाको बडा नं. १ सात्तालामा भएको बैठक तथा प्रशिक्षणका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एटम विसीले संसदीय व्यवस्थाले नेपाली जनताका जनअधिकार र स्वाधिनताको रक्षा गर्न नसक्ने बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधिन बनाउने बताए । यो व्यवस्थाको भण्डाफोर गर्न राष्ट्रघाती एमसीसी पक्षधरहरुलाई जनताको बलमा लखेट्नु पर्ने उनले बताए ।

बैठकले पार्टीको १२ औँ केन्द्रीय समितिले बनाएको याेजनालाई कार्यान्वयन गर्ने, सम्पूर्ण गाउँ र नगरका बैठक प्रशिक्षणहरू गर्ने, स्थानीय निर्वाचनमा एमसीसी विरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने र दलाल संसदीय व्यवस्थाको भण्डाफाेर गर्ने, जनताई एकीकृत जनक्रान्तिको कार्यदिशाबारे स्पष्ट पार्ने र जनमत सङ्ग्रहको वातावरण तयार गर्ने निर्णय गरेको छ ।

बैठक तथा प्रशिक्षण कार्यक्रम जिल्ला समिति सेक्रेटरी दिपेन्द्रको अध्यक्षतामा सम्पन भएको थियो । बैठकबाट पार्टीलाई आत्मनिर्भर बनाउन १ बिघा जमिनमा धान खेती र १ विघा जमिनमा मकै खेती गर्ने निर्णयसमेत गरिएको जानकारी जिल्ला सेक्रेटरी दिपेन्द्रले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :