नेकपा कास्की अन्तरगत लेखनाथ नगरको बैठक सम्पन्न

नेकपा कास्की अन्तरगत लेखनाथ नगरको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी अन्तरगत लेखनाथ नगर कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठक नगर सेक्रेटरी सोममायाको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा नगर सदस्यहरुले आफ्नो कार्यक्षेत्रको रिपोर्ट तथा पार्टीको पछिल्लो कार्यनीतिका विषयमा प्रश्न गरेका थिए । बैठकमा पार्टीका जिल्ला सेक्रेटरी काजी गुरुङले वैज्ञानिक समाजवाद प्राप्तिको कार्यदिशा एकीकृत जनक्रान्ति र मुल कार्यनीति जनमत सङ्ग्रह भएकोले पार्टीको ८ औं केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पारित गरेको तत्कालिक कार्यनीति र बैठकले गरेका निर्णयहरुको अक्षरस पालन गर्नु सबै पार्टीपंक्तिको दायित्व भएको भन्दै सामाजिक सञ्जालको भरमा धारणा निर्माण गरी भ्रममा पर्न नहुने बताए । बैठकमा जिल्लाका युवा नेता तथा सहिद पुत्र प्रकाश बास्तोलाको पनि सहभागिता रहेको थियो । पार्टीको केन्द्रीय समितिको निर्णयको भाव सम्प्रेषण र कार्यान्वयन एकमतले गर्ने निर्णय गर्दै नगर बैठक सम्पन्न भएको नगर सेक्रेटरी सोममायाले जानाकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :