नेपाल–कोरिया समाजवाद अध्ययन–अनुसन्धान मञ्चको पुनगर्ठन

नेपाल–कोरिया समाजवाद अध्ययन–अनुसन्धान मञ्चको पुनगर्ठन

काठमाडौं: नेपाल–कोरिया समाजवाद अध्ययन–अनुसन्धान मञ्चको पुनगर्ठन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला र नेपालका लागि जनवादी गणतन्त्र कोरियाली राजदुतवासका कन्सुलर किम योङ होकको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
कोरियाका महान् नेता किम इल सुङको ११० औं जन्मजयन्तीको अवसरमा समाजवाद अध्ययन अनुसन्धान मञ्चको पुनगर्ठन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले जनवादी गणतन्त्र कोरियाले गरेको समाजवादी अभ्यास र त्यसबाट नेपालका कम्युनिस्टहरुले सिक्ने शिक्षाबारे प्रकाश पार्ने काम गरेका थिए । 
कार्यक्रममा बोल्देै नेपालका लागि जनवादी गणतन्त्र कोरियाली राजदुतवासका कन्सुलर किमले कोरियाली महान् नेता किम सुन इलले जुछे विचारधारमा टेकेर गरेको उपलव्धिको चर्चा गरेका थिए ।
नेपाल–कोरिया समाजवाद अध्ययन–अनुसन्धान मञ्चको भेलाले सुदर्शन मंगोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा डा. भगवानचन्द्र ज्ञवाली, महासचिवमा नरेन्द्र विश्वकर्मा, सचिवमा राजेन्द्र रेग्मी र कोषाध्यक्षमा प्रल्लाद न्यौपाने रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा इन्द्र घर्तिमगर, विपीन पोखरेल, मोहन सारुमगर, जीवन हमाल, रुपा बुढा, रविन केसी, चिन्तामणी घिमिरे, महेश अधिकारी, तारा सन्ज्याल, ललितजंग बम र कविता पुनमगर रहेका छन् ।
नेपाल–कोरिया समाजवाद अध्ययन–अनुसन्धान मञ्चले जनवादी गणतन्त्र कोरियाको समाजवादबारे गहिरो अध्ययन र अनुसन्धानका लागि जनवादी गणतन्त्र कोरियासँग नजिक रहेर सहकार्य गर्ने कार्यक्रम लिएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष सुदर्शन मंगोलले नेपाल कोरिया समाजवाद अध्ययन अनुसन्धान मञ्चको संक्षिप्त अवधारणा राखेका थिए

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :