नेपाल कम्युनिष्ट पार्टी रोल्पाको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी रोल्पाको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ । पूर्वी रोल्पाका सुनिल स्मृति गाउँपालिका लुङग्री गाँउपालिका र सुनछहरी गाउँपालिकाका पार्टी इलाका स्तरिय सदस्यहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर विषमको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्य सन्जिव कुमारको विशेष आतिथ्यता रहेको थियो ।       
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि विषमले पार्टीको १२ औँ केन्द्रीय समितिले लिएका कार्यनीतिको बारेमा कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए । तत्कालिक कार्यनीतिका रुपमा नेकपाले एमसीसीको खारेजीका लागि भण्डाफाेर अभियान चलाउने स्थानिय निर्वाचनलाई राष्ट्रघाति र राष्ट्रवादीहरुका बिचमा छलफल गरेर राष्ट्रवादी शक्तिलाई सहयोग गर्ने लगायतका नीति लिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगर सुवासको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सन्चालन सेक्रेटरी दिनेशले गरेका थिए । सुनछहरी गाउँपालिकाका इन्चार्ज हेमन्त, लुङग्री गाउँपालिकाका इन्चार्ज झिल्कु र सुनिल स्मृतिका दामोदर केसीले आ–आफ्नो इलाकाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :