कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

कास्कीमा महङ्गी र मुल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कास्कीले महङ्गी र मुल्यवृद्धि विरुद्ध पोखरामा ¥याली सहित प्रदर्शन गरेको छ ।

सरकारले पटकपटक पेट्रोलियम पदार्थ तथा खाद्यान्न र यातायत क्षेत्रमा मुल्यवृद्धि गरेपछि पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै नेकपा कास्कीले विरोध प्रदर्शन गरेको हो ।

पोखराको सृजनाचोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।         

सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी काजी गुरुङले पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध निरन्तर सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादका निम्ति अगाडि बढ्ने बताए । जनपक्षिय आवाजलाई कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा, जनमत सङ्ग्रहको मुल कार्यनीति र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यबाट दायाँबायाँ नहुने बताए । ।

कार्यक्रमलाई बेपत्ता परिवार तथा लेखनाथ नगर सेक्रेटरी सोममाया विश्वकर्माले पनि सम्बोधन गरेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारीका) केन्द्रीय सदस्य पवन पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :