रूपन्देहीमा नेकपाद्वारा ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस सम्पन्न

रूपन्देहीमा नेकपाद्वारा ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले ३३ औं ऐतिहासिक जनआन्दोलन दिवस भव्य रुपले सम्पन्न गरेको छ ।

रुपन्देहीको मुर्गिया दुर्गामन्दिर चोकबाट सुरु भएको ¥याली नयाँ बजार विद्युत अफिस हुँदै मलमलाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य भेषराज भुषालले जनआन्दोलन दिवसको अवसरमा २०४६ सालको जनआन्दोलन तथा कम्युनिस्ट आन्दोलनमा नेपालमा बहुदल ल्याउने शहिदहरुलाई सम्झने काङ्ग्रेस संसदवादी कम्युनिस्टलाई फुर्सद नभएको बताए ।

ती महान् सहिदहरुको स्मरण गर्दै महान् सहिदहरुको परिवारलाई उच्च सम्मान गर्दै सहिदहरुको रगत खेर जान नदिने प्रतिबद्वता जनाए । जहिलेसम्म राष्ट्रिय स्वाधिनताको रक्षा र वर्गिय मुक्ति आन्दोलन सफल हुदैन तबसम्म सहिदहरुका सपना साकार पार्न नेकपा निरन्तर अगाडि बढ्ने बताए ।

उनले एमसीसी सम्झौतामा गरिएको हस्ताक्षरले अमेरिकी साम्राज्यवादको उपनिवेशिकरण गर्ने नेपाललाई युक्रेन बनाउने रणभुमि बनाएर आफ्नो स्वार्थसिद्द गर्न अमेरिकी साम्राज्यवादले आफ्ना नङ्ग्रा नेपालमा फिजाइरहेको बताए ।   

नेपालमा एमसीसी पास गर्दा संसदमा हस्ताक्षर नगर्ने अडान राख्ने संसदीय पार्टीमा भएपनि देशभक्तपूर्ण भावना राख्नेहरुको उच्च सम्मान गर्दै जहाँ रहेपनि देशको माया गर्ने देशभक्तहरुप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुप्रति संयुक्त मोर्चा बनाएर राष्ट्रिय मुक्तिको लडाई लड्ने बताए ।

एमसीसी अनुदानको कभरमा अमेरिकी सेना र अमेरिकी भाडाका सेना नेपालमा आउने बताउँदै एमसीसी अनुदान हो भने आफ्नो स्वाभिमान गिराएर अनुदान नलिने बताउँदै जतिसुकै पैसा दिए पनि आफ्नो आमा र सन्तानलाई बेच्न नसक्ने बताए ।

यदि राष्ट्रिय स्वाधिनताको प्रश्न आउँछ भने पार्टीका झण्डा र पार्टीका ब्यानर र अनुशासन बाधक बन्न नहुने बताउँदै देशको देशभक्तिपूर्ण अवस्थामा सार्वभौमसत्तामाथि खल्लो आउँछ भने सबै बारबन्देजलाई तोडेर नेपाली र देशभक्तको परिचय दिनुपर्ने र गुठगत मानसिकता र पार्टीगत मानसिकताबाट माथि उठेर लड्नुपर्ने बताए ।                                   

उक्त कोणसभा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको सन्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :