अखिल (क्रान्तिकारी) को पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी) को पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा आयोजित पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
संगठन केन्द्रिय समितिको आयोजनामा काभ्रेको नगरकोट पुगेर पिकनिक कार्यक्रम गरेको थियो ।

पिकनिक कार्यक्रममा बागमती प्रदेश अन्तर्गत काठमाडौ, ललितपुर, भक्तपुर, त्रि.वि.(TU) जिल्ला, क्याम्पस जिल्ला, CTEVT उपत्यका जिल्ला KU, PU, काभ्रे, D1 गरेर ११ वटा जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

पिकनिक कार्यक्रममा नाचगान लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप भएको थियो ।
पिकनिक कार्यक्रमलाई संगठनका केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले सम्बोधन गरेका थिए । उनले आजको पिकनिक निकै महत्वपूर्ण, सान्दर्भिक एवम् ऐतिहासिक भएको बताए । साथै उनले कार्यक्रमले संगठनलाई थप जुझारु, सशक्त, एकताबद्ध बनाएको र शैक्षिक माफिया, दलाल, भ्रष्ट, राष्ट्रघाती गद्दारहरुसँग लड्न उर्जा प्राप्त गरेको बताए । अधिकार प्राप्तिको लडाइँमा सबै एक भएर लड्नु पर्ने भन्दै आफुहरु कसै सामु नझुक्ने बताए ।उनले थपे पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा बसिरहेको बेला बैठक समापन नहुदै अर्थात पार्टीको आधिकारिक निर्णय नआउदै विभिन्न पार्टी विरोधी तत्वहरुले अनावश्यक भ्रमहरु फैलाउने कोशिस गरिरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
कार्यक्रमको सञ्चालन सचिवालय सदस्य ललित विश्वकर्माले गरेका थिए ।
उक्त पिकनिक कार्यक्रममा ३०० विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुले पिकनिक कार्यक्रम निकै महत्वपूर्ण रहेको र यसबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त गरेको भन्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने धारणा राखेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :