नेकपाले कारबाही गरेका बिपिन कांग्रेस प्रवेशको ढ्वाङ फुके

नेकपाले कारबाही गरेका बिपिन कांग्रेस प्रवेशको ढ्वाङ फुके

गंगादेव गाउँपालिकामा बिपिन नामले चिन्निने कृष्ण वलीले कांग्रेसमा प्रवेशको नाममा भ्रम पार्न खोजेको नेपाल कम्युनिस्ट पार्टी गंगादेवले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एक वर्ष अघि नै पार्टीले कारबाही गरि निष्कासन गरेको र कुनै पनि पार्टी जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ ।

बिपिन ओलीले महिला अपांगहरुलाई कुटपिट गर्ने, आर्थिक अपारदर्शीता गर्ने र नेकपाको नाममा गुण्डागर्दी हर्कत देखाएपछि कारबाही गरेर निष्कासन गरेकोले कोही भ्रममा नपर्न भन्दै नेकपा गंगादेव रोल्पाले आग्रह समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट कारबाही परेको व्यक्तिले स्थानीय चुनाव आउदै गर्दा पार्टी प्रवेशको नाममा जनतामाथि भ्रम सिर्जना गर्नु नौटंकीपूर्ण भद्दा मजाक मात्रै हो ।’

उनले विगतमा एक जनाको मोटरसाइकल जलाएको आरोपमा मुद्दा समेत खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :