नेकपाद्वारा सुनवल नगर कमिटी गठन

नेकपाद्वारा सुनवल नगर कमिटी गठन

सुनवल : नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ । भेलाले दुर्गा पाण्डेयको सचिवमा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

नवलपरासी जिल्लाका पुर्व सचिव एवम् प्रकाशन विभाग सदस्य डा.शिव शंकर बस्यालको प्रमुख आथित्यतामा नेकपा नवलपरासीका जिल्ला समिति सदस्य दुर्गा पाण्डेयको अध्यक्षमा भएको कार्यक्रमको जिल्ला कमिटी सदस्य आत्माराम आचार्यको स्वागतसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सुनवल नगर कमिटी सदस्य मायाले गरेकी थिइन् ।

प्रमुख अतिथि बस्यालले राज्यले जनताबाट विभिन्न बाहानामा लुटेको आरोप लगाए । उनले राज्यले साना व्यवसायीलाई अंकुश लगाउँदै ठुला व्यवसायीको पक्षमा मात्र निर्णय गरेको बताउँदै, संसदीय व्यवस्था दलालहरूको व्यवस्था भएको बताउँदै जसले पैसा खर्च गर्न सक्छ उसैले मात्रै चुनाव जित्ने वातावरण हुने त्यसैले यो व्यवस्था विरुद्ध हाम्रो पार्टीले नेता चुन्ने चुनाव नभई व्यवस्थाको चुनाव गराउन लागेको बताए । बस्याले अमेरिकी साम्राज्य भन्दै जनयुद्ध लडेका माओवादी नेताहरू नै अमेरिका सामु घुडा टेकेको भन्दै यीनलाई समाजमा बहिष्कार गर्नुपर्ने बताए । बस्यालले पार्टीको लडाइँ सेना प्रहरीसँग नभइ देशद्रोही र दलाल भ्रष्टाचारीसँग भएकोले व्यवस्था परिवर्तनको पक्षमा भएको बताए । उनले मागेर खाने नभइ आत्मनिर्भरको लागि लड्नुपर्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन आग्रहसमेत गरे ।

त्यसैगरी नेकपा नवलपरासी जिल्ला कमिटी सदस्य एवम् रामग्राम÷सुनवल इन्चार्ज रामप्रीतले भूमाफिया, कालोबजारी, भ्रष्टाचार, एनसेलका जस्ता कर नतिर्ने कम्पनी र एमसीसी खारेजी आन्दोलन, मूल्यवृद्धिका आन्दोलनलाई जनतालाई जागरुक बनाउँदै अगाडि बढ्नुपर्ने बताए । उनले जनताको आन्दोलनका बाबजुद पनि सरकार र संसदमा रहेका दलले एमसीसी पास गरेको भन्दै यिनैलाई घर गाउँबाट बहिस्कार गर्नुपर्ने बताए ।

भेलाले नगर कमिटीसहित विभिन्न जनवर्गीय सङ्गठन महिला, युवा, विद्यार्थी र कलाकार सङ्गठनसमेत गठन गरेको छ ।

भेलामा नेकपा नवलपरासी जिल्ला सदस्य एवम् बर्दघाट इन्चार्ज प्रताप, जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय थारु मुक्ति मोर्चा अध्यक्ष अनिल, जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सदस्य एवम् नवलपरासी जिल्ला अध्यक्ष प्रदिप पाठक, सहिद परिवार बुवा डिल्लीराम भण्डारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :