संयुक्त युवा संगठनद्वारा जनप्रदर्शनसहित कालिकोटमा सभा सम्पन्न

संयुक्त युवा संगठनद्वारा जनप्रदर्शनसहित कालिकोटमा सभा सम्पन्न

राष्टघाती एमसीसी सम्झौता विरुद्ध कालिकोटमा ६ पार्टी र २ मोर्चा निकट संयुक्त युवा संगठनहरुले जनप्रदर्शनसहित जनसभा सम्पन्न गरेका छन् । युवा संगठन नेपाल कालिकोटका अध्यक्ष एवम् केन्द्रीय सदस्य मिनेश ऐडीको सभापतित्वमा सम्पन्न जनसभामा नेकपा जिल्ला सेक्रेटरी रणदिप, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कर्ण बिसी, राष्ट्रिय जनमोचा नेपालका केन्द्रीय सदस्य कमल विक्रम शाही, नेकपा माओवादी समाजवादीका पोलिटब्युरो सदस्य सागर र युवा संगठन नेपालका केन्द्रीय सदस्य कल्पना मल्लले राष्ट्रघाती एमसीसी अनुमोदनको चर्को विरोध गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि रणदिपले राष्ट्रघाती एमसीसी सम्झौता कथित संसदबाट जबरजस्ती पास गराएर खुशीयाली मनाए पनि कुनै पनि हालतमा जनताको तर्फबाट कार्यान्वयन हुन नदिने ठोकुवा गरे । यदि जबरजस्ती कार्यान्वयन गर्न खोजे देश ठूलो द्वन्द्वको भुमरीमा जाने र त्यसको जिम्मा शेर बहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकार नै हुने चेतावनी दिए । अन्य वक्ताहरुले राष्ट्रघातको खेती गर्ने वर्तमान सरकारलाई जनताको तागतले बढार्ने ठोकुवा समेत गरे ।

उक्त कार्यक्रम अघि भएको जनप्रदर्शनमा राता झण्डा ब्यानर खुकुरी प्रदशर्न गरिएको थियो । उक्त कार्यक्रममा कलाकारले आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरेका थिए भने कार्यक्रम मेहेलमुडी क्याम्पसको प्राङ्गणमा गरिएको युवा संगठन नेपालका अध्यक्ष मिनेश ऐडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :