महासचिव विप्लव र माओवादी केन्द्रका प्रवक्ता महराबीच एमसीसी र स्थानीय चुनावबारे छलफल

महासचिव विप्लव र माओवादी केन्द्रका प्रवक्ता महराबीच एमसीसी र स्थानीय चुनावबारे छलफल

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराबीच आज बिहान भेटघाट र छलफल भएको छ । नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा महासचिव विप्लव र माओवादी केन्द्रका नेता महराबीच भेटघाट र छलफल भएको हो ।
महासचिव विप्लव र महराबीच फागुन १५ गते चारदलीय गठबन्धन सरकारले प्रस्तुत गरेर संसद्बाट पारित गरिएको राष्ट्रघाती एमसीसी सम्झौता, त्यसविरुद्ध जारी आन्दोलन, मुलुकको समसामयिक राजनीति र आगामी स्थानीय निर्वाचनका विषयमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :