एमसीसी सम्झौता विरुद्ध युवा संगठनले गर्‍यो मार्चपाससहित बाँकेमा विरोध प्रदर्शन

एमसीसी सम्झौता विरुद्ध युवा संगठनले गर्‍यो मार्चपाससहित बाँकेमा विरोध प्रदर्शन

बाँके: अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसीसी परियोजना अनुमोदन गरिएको विरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो ।

कोहलपुर विद्युत रोडदेखि सुरु भएको मार्चपास सहितको र्याली साझाचोक, न्युरोड, बसपार्क हुँदै चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमम सहभागी युवाहरुले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एमसीसीका दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए ।

उक्त कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रिय सचिव तिलक योगीले संसदबाट अनुमोदन गरिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए । एमसीसी सम्झौताले देशमा अनेक किसिमका समस्या उत्पन्न बनाउने कुरा निश्चित भएको बताउदै नेपालका संसदवादीहरुले इतिहासकालदेखि गरेका राष्ट्रघात र जनघातका विरुद्ध विद्रोह गर्न देशभक्त युवाहरुलाई आव्हान समेत गरेका छन् ।

उक्त विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खड्का ‘अनिल’ ले समेत सम्बोधन गरेका थिए भने कार्यक्रमको सन्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :