नेकपा रूपन्देहीद्वारा सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

नेकपा रूपन्देहीद्वारा सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामूहिक श्रम गरी आलु उत्पादन गरेको छ । जिल्लाको सैनामैनामा नेकपाले लगाएको आलु शनिबार जिल्ला नेता तथा कार्यकर्ताहरूले खनेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत रुपन्देहीमा नेकपाले आलु खेती गरेको थियो । पार्टीका जिल्ला नेता, सैनामैना नगर कमिटी र स्थानीय जनताको सामूहिक श्रमबाट आलु उत्पादन गरेको हो ।

बेमौसमी खेती अन्तर्गत नेकपाले सैनामैनामा ३ कट्ठा जमिनमा ५ क्वीन्टल आलु उत्पादन गरेको हो । अझ प्रतिकूल मौसम र प्रकोपका कारण पर्याप्त आलु उत्पादन नसकिएको जिल्ला सेक्रेटरी विश्वासले बताए । उनले पार्टी नेतादेखि कार्यकर्तालाई अनिवार्य सामूहिक श्रममा जोड्न जिल्लामा उत्पादनलाई जोड दिइएको बताउँदै सामूहिक श्रम कम्युनिस्ट पार्टीको विश्वदृष्टिकोणसित जोडिएको बताए । सेक्रेटरी विश्वासको नेतृत्वमा भएको आलु खन्ने सामूहिक श्रममा नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज सङ्गम, जिल्ला नेता, जबस मोर्चा सम्बद्ध नेता कार्यकर्ता, सहिद परिवार र स्थानीय पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।

बेमौसमी आलु लगाउँदा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कृतिको समेत उपस्थिति रहेको थियो । जिल्लामा उत्पादनलाई थप विस्तार र व्यवस्थित गरिने इन्चार्ज कृतिले बताए । नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीतिक वैचारिक कामका साथसाथै सामूहिक श्रममार्फत् उत्पादनमा अनिवार्य जोड्ने नीति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :