कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कास्कीमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिद सप्ताह-२०७८ को अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको जिल्ला कार्यालय औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज उमा भुजेल ‘शिलु’ ले सहिद तथा बेपत्ता योद्धा र परिवारजनहरू पर्टीको पुँजी भएको र सहिद तथा बेपत्ता योद्धाहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी कार्यक्रममा उपस्थित अखिल (क्रान्तिकारी) तत्कालीन महासचिव बेपत्ता योद्धा पूर्ण पौडेलका आमा मोतिमाया पौडेलले प्रचण्ड, बाबुरामका कारण विश्वास गुमाएको माओवादी आन्दोलनले विस्तारै नेकपाको कारण विस्वास आर्जन गर्दै गइरहेको बताइन् ।

कार्यक्रममा बेपत्ता योद्धा नेत्र बरालका बुबा अणनाथ बराल, सोमबहादुर विश्वकर्माका आमा ओम कुमारी विक, महान् सहिद शेखर सापकोटाका श्रीमती राधा सापकोटा, सहिद बमबहादुर दर्जीका छोरा उपेन्द्र परियार, सहिद महेश पहारीका श्रीमती दुर्गा पहारी, सहिद विजयराज बास्तोलाका छोरा प्रकाश बास्तोला र सहिद तथा बेपत्ता परिवारजन राधिका सिंखडा लगायतले धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी विश्वासले गरेका थिए भने सञ्चालन जिल्ला कार्यालय सचिव काजी गुरुङ तथा स्वागत पोखरा नगर सेक्रेटरी बद्री अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :