एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्नु पर्छ : प्रकाण्ड

एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्नु पर्छ : प्रकाण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्नु पर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टी र दुई माेर्चाले आज काठमाडौंमा आयाेजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्ताे बताएका हुन् ।

अबको आफूहरुकाे आन्दोलन भनेको एमसीसीलाई लागू गर्न नदिने भन्दै जबसम्म एमसीसी खारेज हुँदैन तबसम्म आफूहरुले एमसीसी विरुद्धको आन्दोलन गरिरहने उद्घाेष गरे ।

रातारात गठबन्धनको नाममा, बहुमतको नाममा एमसीसी पास गरेर शेरबहादुर, प्रचण्डहरुले विगतका सबै राष्ट्रघातलाई माथ गर्ने राष्ट्रघाती कदम चालेको ठाेकुवा गरे । एमसीसी राष्ट्रिय स्वाधीनताकाे काेणबाट गम्भीर त छदैछ उनले भने, `त्यति मात्र होइन नेपाली जनताको स्वनिर्णयकाे अधिकारकाे विरुद्धमा यो धेरै खतरनाक छ, नेपालको आत्मनिर्भर अर्थव्यवस्था, नेपालको समृद्ध विकासको विरुद्धमा पनि यो धेरै खतरनाक छ र यो नेपाली जनताको खिलापमा छ भनेर हामी संघर्षमा छाैँ ।´

अहिले संघर्ष उत्कर्षतिर गइरहेको बताउँदै उनले राष्ट्रिय स्वाधीनताकाे रक्षाका लागि, स्वाभिमान गुम्नबाट बचाउन लागि एक पटक सबै नेपाली जनताहरु डटेर संघर्ष गर्न जरुरी रहेको बताए ।

उनलेे भने, `नेपाली जनताले एमसीसी पास गरेका छैनन् अहिले पनि नेपाली जनता एमसीसी विरुद्धको संघर्षमा छ । जनता नै सर्वाेच्च निकाय हो त्यसैले अन्तिम फैसला जनताले गर्छ । संसदीय व्यवस्था जनताको व्यवस्था नभएपछि त्यो सर्वोच्च होइन त्यसैले यो देशको व्यवस्था भनेको दलाल पुजीपतिहरुकाे व्यवस्था हो यसको फैसला पनि दलाल पुजीपति वर्गकाे हितमा हुन्छ । नेपाली जनताको हितमा हुँदैन । हाम्रो हितमा हुँदैन, त्यसैले एमसीसी नेपाली जनताले मान्ने छैन । अबको एमसीसी विरुद्धको संघर्ष भनेको लागू गर्न नदिने हो । संसदभित्र सिमित मान्छे पैसा खाएर गरेको हुन्छ ? ३ करोड नेपाली जनता छन्, एमसीसी पास भयो सक्किगाे भन्ने ठान्नु भएको छ ! कहाँ लागू गर्नुहुन्छ शेरबहादुर जी, प्रचण्ड जी,बाबुराम जी… ? यै धर्तीमा ! यो धर्तीमा नेपाली जनता छन् । ३ करोड नेपाली जनताको सामना गर्न सक्छनुहुन्छ ? विचार गर्नुहाेला ।´
अमेरिकी साम्राज्यवादका कारण युक्रेनमा चर्किरहेकाे युद्धको उदाहरण दिदै उनले त्यहाँका शासक, राष्ट्रपतिका कारण युक्रेनी जनता जुन मार खेपिरहेका छन् त्यो मुर्खता नगर्न नेपाली शासक देउवा, प्रचण्ड, माधव नेपाल, ओली, बाबुरामकाे ध्यानाकर्षण गराए ।                       

अबको आन्दोलन भनेको अमेरिकी एमसीसी विरुद्धको माेर्चा भएकाले सबै नेपाली जनता, देशभक्त क्रान्तिकारी कम्युनिस्ट पार्टीले डटेर प्रतिवाद गर्ने र अमेरिका, एमसीसीलाई लखेटेरै छाेड्ने दृढता व्यक्त गरे ।                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :