सहिद सप्ताहमा ओखलढुङ्गामा सडक मर्मत तथा सरसफाइ

सहिद सप्ताहमा ओखलढुङ्गामा सडक मर्मत तथा सरसफाइ

ओखलढुङ्गा : सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले मानेभञ्ज्याङ गापा ४ अवस्थित पङ्खुु–केतुके सडक मर्मत तथा सरसफाइ गरेको छ ।

नेकपा ओखलढुङ्गा जिल्ला सेक्रेटरी दिनेश सारूको नेतृत्वमा सम्पन्न निर्माणकार्यमा नेकपाका नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको सहभागिता रहेको बताइएको छ । उक्त टोलीले करिब तीन किमि बाटो मर्मत तथा सफा गरेको पनि प्राप्त समाचारमा उल्लेख छ ।

सडक बिग्रिएर सवारीसाधन चलाउन कठिन भएको र सर्वसाधारणले स्थानीय निकायसँग गुहार माग्दा सम्बन्धित पक्षले बेवास्ता गरेपछि स्थानीय बासिन्दाको मर्का बुझेर नेकपाले बाटो सफा र मर्मत गरेको नेकपा ओखलढुङ्गाका नेता युवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :