राष्ट्रघाती एमसीसी नेपाली जनतालाई स्वीकार्य छैन, राष्ट्रियताको लडाइँ निरन्तर जारी छ : विप्लव

ऐतिहासिक रूपमा नेपाल बन्द सफल पार्ने जनतालाई महासचिव विप्लवद्वारा धन्यवाद ज्ञापन

राष्ट्रघाती एमसीसी नेपाली जनतालाई स्वीकार्य छैन, राष्ट्रियताको लडाइँ निरन्तर जारी छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन् । सोमबार साँझ ‘बन्द सफलका लागि धन्यवाद प्रेस वक्तव्य’ जारी गर्दै महासचिव विप्लवले एमसीसीलगायत संसद्‌वादी दलहरूका राष्ट्रघाती कदमका विरुद्ध राष्ट्रियताको लडाइँ जारी रहेको र त्यसको नेतृत्व नेकपालगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले गर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन ।’

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन १५ गते नेपालका संसद्वादी दलहरूले पारित गरेको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टीले आज १६ गते नेपाल बन्दको आयोजना गर्यौँ । जानकारी दिने छोटो समय हुँदाहुँदै पनि देशभक्त नागरिकहरूले आफ्नै तत्परता एवम् सहमतिमा आफ्नो देशको स्वाधीनताको रक्षाका पक्षमा उभिँदै नेपाल बन्दलाई भव्य रूपले सफल बनाउनुभएको छ । ऐतिहासिक बन्दलाई सफल पार्ने आमनेपाली देशभक्त जनतालाई हाम्रो पार्टी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ । बन्दका क्रममा देशभरिबाट सयौँजना कमरेडहरू गिरफ्तार हुनुभएको छ । उहाँहरूको शीघ्र रिहाइको माग गर्दछ । साथै हिजोको विरोध प्रदर्शनमा गम्भीर घाइते हुनुभएकी युवा सङ्गठनकी महासचिव कमरेड विदुषी र आज बन्दमा देशभरि घाइते हुने योद्धा कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन । यसका विरुद्ध जनता निरन्तर सङ्घर्षमा बढ्नेछन् भने हाम्रोलगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले त्यसको अनवरत नेतृत्व प्रदान गर्नेछन् । राष्ट्रियताका पक्षमा चल्ने सबै सङ्घर्षमा आमनेपाली देशभक्त नागरिकहरूलाई सक्रिय सहयोग र सहभागिता जनाउन विशेष आग्रह गर्दछौँ ।’ प्रेस वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :