दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखा : दोलखामा नेपाल बन्द प्रभावकारी बनेको छ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले कालिञ्चोक गाउँपालिका वडा नं. २ मा राष्ट्रघाती एमसीसीविरुद्ध जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदर्शनमा उपस्थित नेता–कार्यकर्ताले एमसीसी खारेज गर ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ीि जिन्दावाद ! नेपाल बन्द सफल पारौँलगायत नारा लगाएका थिए ।

एमसीसीविरुद्ध आयोजित जनप्रदर्शन दोलखा जिल्ला सदस्य जयकुमार थामी र वडा सेक्रेटरी नन्दु किराँती थामीको नेतृत्वमा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :