नेपाल बन्द ऐतिहासिक रूपमा सफल, षड्यन्त्रपूर्वक पारित भएको भनिएको राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष जारी छ : ६ दल

नेपाल बन्द ऐतिहासिक रूपमा सफल, षड्यन्त्रपूर्वक पारित भएको भनिएको राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष जारी छ : ६ दल

काठमाडौँ : नेकपासहित ६ दल र २ मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक र भव्य रूपले सफल भएको बताएका छन् । सोमबार साँझ संयुक्त रूपमा जारी विज्ञप्तिमा कथित पारित भनिएको एमसीसी कम्प्याक्टका विरुद्धको आजको नेपाल बन्दको कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सफल भएको र उक्त सफलताका लागि खट्ने पार्टीका नेता, कार्यकर्ता, सङ्घर्षरत सबै तहतप्का र आमनेपाली जनसमुदायमा आभारसहित हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रवादी पार्टी, सङ्घ–सङ्गठन, व्यक्तित्व र आमनेपाली जनताले एमसीसी कम्प्याक्टका विरुद्ध प्रतिवाद सङ्घर्ष जारी राखेकै बेला राष्ट्रघाती, दलाल र आत्मसमर्पणवादी देउवा सरकारले फागुन १५ गते रातारात एमसीसी कम्प्याक्ट संसद्‌बाट पारित गर्यो । यसका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको जनसङ्घर्षको कार्यक्रम घोषणा गरे । कथित पारित भनिएको एमसीसी कम्प्याक्टका विरुद्धको आजको नेपाल बन्दको कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सफल भएको छ । उक्त सफलताका लागि खट्ने पार्टीका नेता, कार्यकर्ता, सङ्घर्षरत सबै तहतप्का र आमनेपाली जनसमुदायमा आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बन्दका क्रममा काठमाडौँ उपत्यकालगायत देशैभरिबाट बन्दकर्ताहरूलाई देउवा सरकारले गिरफ्तार गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का पीबीएमद्वय क. सुरेश श्रेष्ठ, क. प्रेम सुवेदी, क. भरत बुर्जा, क. नरेन्द्र थापा, क. सजीव बज्राचार्य, नेपाल कम्युनिस्ट पार्टीका क.सुशील बलम्पाकी, क. नरेन्द्र थापा, क. वासुदेव भट्ट, क. हरिबहादुर चन्द, क. दीपक मानन्धर, क. दर्शन नेपाली, क. रवि गोले, क.जीवन बुढाथोकी, क.राजु कार्की, क. हिम्मत विक, क. सागर केसी, क.नरेन्द्र थापा, नेकपा (मसाल) का क.हरि पौडेल, क. विमल पोखरेल, क. मदन पाण्डे, राष्ट्रिय जनमोर्चाका क. छवि खनाललगायत कमरेडहरूलाई गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी, धरपकड र निरङ्कुश चरित्रको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । गिरफ्तार नेता, कार्यकर्ता र जनतालाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बन्दका क्रममा घाइते हुनुभएका कञ्चनपरका क. दीपेन्द्र ऐरी र क. हरिश ऐरीलगायत कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै घाइते योद्धाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ । षड्यन्त्रमूलक ढङ्गले एमसीसी पास गरेको घटनाका विरुद्ध आगामी थप सङ्घर्षका कार्यक्रम छिट्टै घोषणा गरिनेछ ।’

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहाविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् । संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :