एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई वटा मोर्चाको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभर एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

यसैअन्तरगत नेकपा काठमाडौं महानगरपालिकाले एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

काेणसभालाई महानगर इन्चार्ज अविरल, नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले सम्बाेधन गरेका थिए ।

यसैगरी चन्द्रागिरी नगरपालिकाको सतुङगलमा काेणसभा भएको छ ।
कोणसभालाई सम्बोधन गर्दै इन्चार्ज प्रविणले राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनताले च्यातेर फ्याक्ने भन्दै नेपाल सरकारले एमसीसीमार्फत आउने ५५ अर्ब रकम होइन एनसेलसँगको ७५ अर्ब रकम उठाएर देखाउन चुनौती दिए ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाको वडा नं. २ को नयाँपाटीमा काेणसभा भएको छ । कोणसभालाई सम्बोधन गर्दै नगरका इन्चार्ज अनिलले एमसीसी विरुद्ध सबै एक भएर संघर्ष गर्नुपर्ने बताए । कार्यक्रमकाे सञ्चालन सेक्रेटरी श्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :