नेकपा अछामद्वारा एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न

नेकपा अछामद्वारा एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न

अछाम: नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामले राष्ट्रघाती एमसीसीका विरुद्धमा वान्निगढी जयगढ बजारमा विरोध प्रदर्शनसहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कोणसभा कार्यक्रममा जनकम्यून साँस्कृतिक परिवारको बेजोड प्रस्तुति समेत रहेका थियो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अछामका सचिव तपेन्द्र तिमिल्सिनाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताए । जबसम्म पूर्णरुपमा एमसीसीको खारेज हुँदैन तबसम्म सडकदेखि सदनसम्म आन्दोलनलाई जारी राख्ने उनको भनाइ थियोे ।

कोणसभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिव तपेन्द्र तिमिल्सिना, सचिवालय सदस्यहरु लोकेन्द्र शाही, निरक शाही, बिराट साउद, अखिल (क्रान्तिकारी) अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, अ.ने.म. संघ क्रान्तिकारीका जिल्ला संयोजक राजु चलाउने, युवा संगठन नेपाल अछामका सचिव कुमार क्षेत्री लगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियोे ।
कार्यक्रमको सञ्चालन बान्निगडी जयगढ गाउँपालिका इन्चार्ज विकासले बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :