नेकपा कालिकोटद्वारा एमसीसी विरुद्ध बृहत् जनप्रदर्शन

नेकपा कालिकोटद्वारा एमसीसी विरुद्ध बृहत् जनप्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले एमसीसी विरुद्ध सदरमुकाम मान्ममा बृहत् जनप्रदर्शनसहित विरोध प्रदर्शन गरेको छ । जिरोप्वाईन्टबाट आकर्षक नारासहित प्रतिमा चोकमा सभामा परिणत भएको थियो । उक्त सभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । त्यसैगरी रमेश, किरण, अर्जुनले समेत मन्तब्य राखेका थिए ।
मन्तव्य राख्दै प्रमुख अतिथि रणदिपले बरु बलिदान गर्ने एमसीसी खारेज गरेरै छाड्ने ठाेकुवा गरे । कुनै पनि हालतमा राष्ट्रघातीहरु सफल नहुने क्रान्तिकारी देशभक्त प्रगतीशिलहरुको जीत भएरै छाड्ने बताए । साथै विश्वबाट असफल भएको अमेरीका नेपालमा सफल नहुने ठोकुवा समेत गरे । सबै दलभित्रको इमानदारहरु एक हुनुपर्ने धारणा समेत रणदिपले राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन निर्देशनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :