नेकपासहित ४ दलद्वारा एमसीसी विरुद्ध सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपासहित ४ दलद्वारा एमसीसी विरुद्ध सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय घेराउ

चौतारा: नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दै सिन्धुपाल्चोककाे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।
एमसीसीको विरुद्ध सिन्धुपाल्चोकाे चौतारामा रहेको जिल्ला प्रशासन कार्यालय घेराउ गर्न प्रदर्शनसहित जुलुस गएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनतान्त्रिक माेर्चा नेपालकाे आयोजनामा बिहीबार चौतारामा भएको एमसीसी विरुद्ध विरोध जुलुससहित कार्यालय घेराउसहित काेणसभा गरिएको थियो । 
काेणसभा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य शिव श्रेष्ठ, नेकपा विशेष कमिटी सदस्य किरण घिमिरे, देशभक्त जनतान्त्रिक मोर्चा नेपालको जिल्ला सचिव धन तामाङ र नेकपा (माले) को जिल्ला नेता कृष्णबहादुर ठकुरीले एमसीसी फिर्ता हुनुपर्नेमा जोड दिदै आफ्नो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :