चार दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग सम्पन्न

चार दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग सम्पन्न

सुर्खेत: सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को रानीवनमा फागुन ४ गतेदेखि सुरू भएको  चार दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आइतबार समापन भएको छ । 

जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेशले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आफ्नो लक्ष्य प्राप्त गर्दै समापन भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटम बिसीले तालिम अत्यन्तै फलदायी  भएको बताए ।

सुर्खेत र दैलेख जिल्ला इन्चार्ज समेत रहेका एटमले दलाल पुजीवादको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने आन्दोलनमा जनपत्रकारहरुको तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे आशा व्यक्त गरे ।

उनले मालेमावादी दुष्टिकोणमा पोख्त हुने गरि तालिम सफल भएको भन्दै दलाल पूजीवादका विरुद्ध पत्रकारहरु बाघको बच्चा डमरु हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पनि यो तालिमले सफल मार्ग निर्देशन गर्ने बताए । 

समापन तालिममा प्रमुख प्रशिक्षक तथा अतिथि शेरबहादुर विश्वकर्माले करिब २५ घण्टा दिएको तालिमले पत्रकारको जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका पुरा गर्ने बताए । उनले तालिममा सानातिना सीमा समस्या रहे पनि मुलत समाचार, पत्रकारिता, रिपोर्ट, दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विविध विषयवस्तुमा विषयगत ज्ञान दिने कोशिस गरी ज्ञानको ढोका खोलेको  बताए ।

तालिममा सहभागी प्रशिक्षार्थी जाजरकोटकी सुशीला विकले यो ज्ञानबद्धक तालिम आयोजना गरिएको भन्दै आयोजक टिमलाई धन्यवाद दिइन् । उनले तालिमले सबैलाई उर्जा प्रदान गरेको बताइन् । 

अर्का सहभागी प्रशिक्षार्थी सल्यानका रामबहादुर विकले तालिममा राम्रो ज्ञान प्राप्त गरेको भन्दै  यो ज्ञानलाई जीवन व्यवहारमा प्रयोग गर्ने बताए ।  प्रशिक्षार्थी कालिकोटका अशोक शाहीले कुनै पनि ज्ञान नभएको कुराको गहिरो ज्ञान प्राप्त गर्ने अवसर पाइएकोमा खुसी व्यक्त गरे।  बर्दियाबाट सहभागी प्रशिक्षार्थी पदम बुढाले यस्तै खालका तालिमहरु जिल्ला जिल्लामा संचालन गर्नुपर्ने सुझाव दिए । सहभागी प्रशिक्षार्थी  कालिकोटका कर्ण विश्वकर्माले यो तालिमले अध्ययन गर्ने ढोका खोलेको भन्दै यस्तै तालिम बेलाबेला गर्न सुझाव दिए ।
जाजरकोटका प्रेम विक, सुर्खेतका रगवीर विश्वकर्माले तालिम ऐतिहासिक भएको र यसले संसार बुझ्ने मात्र नभई बदल्ने दिशातिर लिने प्रतिक्रिया दिए ।  

तालिममा जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेर बहादुर विक, जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश अध्यक्ष वसन्त विक र जनपत्रकार संगठन कर्णाली प्रदेश सदस्य रगवीर विश्वकर्माले सहजीकरण गरेका थिए ।

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकको अध्यक्षतामा भएको समापन तालिमको जनपत्रकार संगठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी राजकुमारले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :