अखिल क्रान्तिकारी डडेल्धुराले आलिताल गाउँपालिका शिक्षा शाखालाई ज्ञापनपत्र बुझायाे

अखिल क्रान्तिकारी डडेल्धुराले आलिताल गाउँपालिका शिक्षा शाखालाई ज्ञापनपत्र बुझायाे

डडेल्धुरा : अखिल क्रान्तिकारी डडेल्धुराले आलिताल गाउँपालिका अन्तर्गत शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ। सामुदायिक विद्यालयले शिक्षा क्षेत्रमा लगाएको शुल्क खारेजीको माग गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाइएको हो ।

नेपालको वर्तमान संविधान भाग ३ धारा ३१ समेत आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क प्रदान गरिने व्यवस्था छ । यो बिषय कार्यान्वयन गर्ने निकायहरू उदासिन र मुखदर्शक बनेको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको अन्तराष्ट्रिय प्रतिबद्धता र नागरिकहरूको मौलिक हकलाई कुल्चिँदै सामुदायिक विद्यालयमा शुल्क लगाइएको बारे गम्भीर ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :