एमसीसी टेबुल र सरकारी दमनका विरुद्ध आज साँझ देशभर मशाल जुलुस प्रदर्शन

एमसीसी टेबुल र सरकारी दमनका विरुद्ध आज साँझ देशभर मशाल जुलुस प्रदर्शन

काठमाडौँ : नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले पाँचदलीय गठबन्धनको देउवा सरकारले सदनमा एमसीसी प्रस्ताव टेबुल गरेको र आन्दोलनकारीमाथि गोली प्रहारसहित क्रूर दमन गरेको विरोधमा आज साँझ देशव्यापी मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् ।

सरकारले आज एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका दलका नेता–कार्यकर्तामाथि गोली, अश्रुयाँस र पानीको फोहोरा प्रहार गर्दा सयौँ प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । आन्दोलनकारी दलहरूका अनुसार घाइतेहरूको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । एमसीसीविरुद्ध आगामी कार्यक्रम साँझसम्म सार्वजनिक हुने बताइएको छ ।

आज देशभरका जिल्ल प्रशासन कार्यालयहरूमा एमसीसीविरुद्ध प्रदर्शन र सभाहरू सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :