एमसीसी विरुद्ध सिन्धुपाल्चोकमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध सिन्धुपाल्चोकमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ माेर्चाले सिन्धुपाल्चोकमा विराेध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय संयुक्त घेराउ कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीकाे विशेष कमिटी सदस्य किरण घिमिरेले एमसीसीकाे खारेजी अभियानमा सम्पूर्ण देशभक्त नागरिकहरु सहभागी हुन अपिल गरे ।

त्यसैगरी उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी) जिल्ला सदस्य तथा देशभक्त गणतान्त्रिक माेर्चाका सचिव धन बहादुर तामाङले राष्ट्रघाती एमसीसी खारेजीकाे माग गरे । नेकपा (माले) का जिल्ला संयाेजक कृष्ण बहादुर ठकुरीले पनि घेराउपछिकाे काेणसभालाई सम्बाेधन गरेका थिए भने कार्यक्रमकाे सन्चालन नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सदस्य कम्युटरले गरेका थिए । कार्यक्रममा एमसीसी खारेज गर, सम्पूर्ण देशभक्त शक्ति एक हाैँ, राष्ट्रियताकाे रक्षा गराैँ जस्ता नारा लगाई प्रदर्शन र जिल्ला प्रशासन कार्यलय घेराउ गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :