नयाँबानेश्वरमा आन्दोलनकारीमाथि गोली प्रहार ! बानेश्वर क्षेत्र रणमैदान

नयाँबानेश्वरमा आन्दोलनकारीमाथि गोली प्रहार ! बानेश्वर क्षेत्र रणमैदान

काठमाडौँ : काठमाडौँमा आन्दोलनकारीमाथि पाँचदलीय गठबन्धन सरकारले गोली प्रहार गरेको छ । आन्दोलनस्थल नयाँबानेश्वरबाट आन्दोलनकारी र सञ्चारकर्मीहरूले प्रहरीले रबरका गोली प्रहार गरी घाइते बनाएको जानकारी दिएका छन् । गोली लागेर कति आन्दोलनकारी घाइते भए भन्ने एकिन नभए पनि कयौँ घाइते भइसकेको नयाँबानेश्वरस्थित हाम्रा संवाददाताले जनाएका छन् ।

सदनमा राष्ट्रघाती एमसीसी सम्झौता टेबुल गरेपछि काठमाडौँ नयाँबानेश्वर क्षेत्र रणमैदान बनेको छ । सरकारले अन्दोलनकारीमाथि अश्रुग्याँसका साथै पानीका फोहोरा प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाउँदै गिरफ्तार गरेपछि आन्दोलनकारीहरू अझ आक्रोशित बन्दै प्रहरीविरुद्ध जाइलागेका छन् ।

प्रहरीको दमनका कारण कयौँ आन्दोलनकारी घाइते भएका छन् । कयौँलाई गिरफ्तार गरिएको छ । पाँचदलीय गठबन्धनको देउवा सरकारले एमसीसीविरुद्ध संसद् भवन घेराउ गरिरहेका आन्दोलनकारीमाथि दमन र ज्यादती बढाएको छ । आन्दोलनकारीहरू प्रहरीले निषेधित क्षेत्र भनी राखेका ब्यारिकेटहरू तोड्दै संसद् भवनतिर अघि बढेका छन् । नयाँबानेश्वर क्षेत्र रणभूमि बनेको छ ।

अरु दिनभन्दा आज नयाँबानेश्वर क्षेत्र बढी तनावग्रस्त देखिएको छ । आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्ने र प्रहरीले दमन गर्दै अश्रुयाँसको सहारा लिइरहेको आन्दोलनस्थलबाट हाम्रा संवाददाताले जनाएका छन् ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्याँस हानिरहेको छ । कयौँ प्रदर्शनकारी प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :