एमसीसी सम्झौताको विरुद्धमा काभ्रेमा संयुक्त सङ्घर्ष

एमसीसी सम्झौताको विरुद्धमा काभ्रेमा संयुक्त सङ्घर्ष

काभ्रे : एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौताविरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम बनेपाको चार दोबाटो चोकमा भएको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य आधारले राष्ट्रप्रेमि शक्तिहरू देश बचाउँन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताए । उनले नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाए । नेता आधारले यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरूलाई ध्वस्त गर्ने बताए । एमाले कम्युनिस्ट भएर पनि एमसीसीका बिषयमा ‘चु’ समेत नबोलेकोमा आश्चर्य लागेको बताउँदै उनले उहाँ अझै कम्युनिस्ट बनेर हिडिराख्न अब एमालेलाई कुनै नैतिकतासमेत नदिएको बताए ।

यस्तै क्रान्तिकारी माओवादीका नेता कान्छा राम तमाङले माओवादीका केही प्रदर्शनहरू बार्गेनिङका लागि भएको बताए । उनले मुख्य दलका नेतृत्वहरूका कारण देश सङ्कटमा पर्न लागेको हुँदा आम जनसमुदाय आन्दोलनमा उठ्नुपर्ने बताए ।

उक्त कार्यक्रम सञ्चालन नेकपा निकट सामना परिवारको केन्द्रीय सदस्य लक्षमण तामाङले गरेका थिए भने कार्यक्रम प्लेकार्डसहित नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :