राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेकपा सिन्धुपाल्चोकद्वारा विराेध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेकपा सिन्धुपाल्चोकद्वारा विराेध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले आज विराेध प्रदर्शन कार्यक्रम गरेको छ । सिन्धुपाल्चोककाे बाहुने पाटीमा सम्पन्न भएकाे उक्त कार्यक्रममा जिल्ला सचिव युगीनले सम्बाेधन गर्दै राष्ट्रघाती एमसीसीकाे विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने बताए । एमसीसी देशकाे स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जाेडिएकाले खारेज गर्नुपर्ने बताए ।
विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैँ । GO BACK MCC, एमसीसी चाहिदैन देश बेच्न पाइदैन जस्ता नारा लगाउदै बजार परिक्रमा पश्चात् काेणसभा भएको थियो ।

यसैबीच एमसीसी सम्झाैता खारेज भन्ने नारा तथा ब्यानर अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले जाल्पा देवी मा.वि. मा ब्यानर टाँगेको छ ।                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :