कैलाली कम्युनिष्ट आन्दोलनका पुराना नेता नेकपामा ध्रुवीकृत

कैलाली कम्युनिष्ट आन्दोलनका पुराना नेता नेकपामा ध्रुवीकृत

कैलाली : कैलाली घोडाघोडी नगरपालिका ५ का कम्युनिस्ट कम्युनिष्ट आन्दोलनका पुराना र प्रभावशाली नेता जयदत्त पाण्डे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण भएका छन् । बिहीबार उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफु नेकपामा ध्रुवीकरण भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनमोर्चा नेपालबाट राजनीति शुरु गरेका पाण्डे २०६४ सालको पहिलो संविधान सभाको चुनावमा सो पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थिए । पछिल्लो समयमा क्रान्तिलाई विजय मध्यनजर गर्दै तत्कालिन नेकपा (माओवादी) का उम्मेदवार कृष्ण कुमार चौधरीलाई सहयोग गर्दै सो पार्टीमा प्रवेश गरी राज्य कमिटी सदस्य भएर काम गर्दै पार्टी विभाजनपछि केन्द्रिय सदस्य जिम्मेवारी पनि समालेको उनले बताएका छन् । पछिल्लो समय एमाले र माओवदी एकतापछि केही विमति भएको र आफ्नो सहमति विना जिल्ला सल्लाहकार राखेको र फेरी पार्टी विभाजन भएपछि एमाले विस्तारित केन्द्रिय कमिटीमा राखेको र माओवादीले पनि विभिन्न कमिटीको राख्न खोजिएता पनि थुप्रै वैचारिक अस्पष्टता देखिएकाे हुदा दुवै पार्टीमा बस्न नचाहेको र केही समयदेखि वैज्ञानिक समाजवाद स्थापना गर्न सक्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र देखिएकाे भन्दै छलफल र बहस गर्दै आएको र यसमा प्रतिबद्ध भएर लाग्ने उद्देश्यसहित आजको मितिबाटै लाग्ने निर्णयसहित पार्टी प्रवेश गरेको जयदत पाण्डे जनाएका छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुनले टिका लगाएर स्वागत गरेका थिए । सोही सन्दर्भमा आफ्नो भनाई राख्दै पुनले संसदवादीहरु नाङ्गो रुपमा राष्ट्रघाटी सिद्ध भइसकेकाले पाण्डे जस्तै सबै पार्टीमा भएका राष्ट्रवादीहरु गोलबन्द भएर एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि लाग्न आव्हान समेत गरे ।

पाण्डेको पार्टी ध्रुवीकरण कार्यक्रम नेकपा कैलालीले पत्रकार सहितको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुन, कैलाली सेक्रेटरी दिपेन्द्र चलाउने लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :