जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको आधारभुत तालिम तथा स्कुलिङ सुरू

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको आधारभुत तालिम तथा स्कुलिङ सुरू

 

 सुर्खेत: जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको
आयोजनामा पाँच दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ बिहीबारबाट सुरू भएको छ ।          सुर्खेतको बराहताल गाउँपालिका वडा नं। ८ को रानीवनमा  पाँच दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ सुरू गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा सुर्खेत/दैलेख इन्चार्ज एटम बिसीले मालेमाको बेशमा पत्रकारिता गर्न आग्रह गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागि मालेमावाद र जनपत्रकारितालाई सँगै जोडेर एकीकृत जनक्रान्ति सफल पार्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताए । त्यसैगरी उनले मालेमावादी दृष्टिकोण नभएको जनपत्रकारिता कुहिरोको काग हुने भएकोले मालेमावाद र जनपत्रकारितालाईसँगै जोड्नु पर्ने आवश्यकता रहेकाले  कलम र क्यामरा पनि क्रान्तिका अग्रमोर्चाका सिपाही भएको भन्दै आमुल परिवर्तन, राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि जनपत्रकारिता अनिवार्य भएको धारणा राखे । 

विशेष अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेरबहादुर विकले वर्गिय पक्षधरतामा पत्रकारिता चलिरहेको बताउँदै जनताको पक्षमा पत्रकारिता गर्नु नै जनपत्रकारको कर्तव्य भएकोले यो तालिम तथा स्कुलिंगलाई सहभागीहरूले महत्त्वका साथ लिन पनि आग्रह गरे ।

तालिम तथा स्कुलिङ कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेरबहादुर विक, कर्णाली प्रदेश अध्यक्ष वसन्त विक लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नेछन्  ।

तालिममा पत्रकारिता, समाचार, रिपोर्टिंगका साथै दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादका बारेमा बिषयगत ज्ञान दिइनेछ । 

तालिमको उद्घाटन सत्रमा नेकपाका पूर्व केन्द्रिय सदस्य हिमाल, जनपत्रकार संगठनका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य जगदिशनाथ योगी, नेकपाका जिल्ला सदस्य तथा बराहाताल गाउँपालिका इन्चार्ज विनोद लामा लगायतको आतिथ्यता रहेकोथियो । 

तालिममा भेरी कर्णालीका जिल्लाबाट दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ  ।  तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकले गरेका थिए । कार्यक्रममा रगवीर विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने   संचालन कर्ण विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :