नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस सम्पन्न

नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध भोलि आह्वान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस कार्यक्रम सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र लिसंखु गाउँपालिकामा आज साँझ मसाल जुलुस गरिएको नेकपा सिन्धुपाल्चोकले जनाएको छ । भोलिको नेपाल बन्दलाई सफल पार्न आह्वान स्वरूप मेलम्ची बजारमा मसाल जुलुस गरिएको हो ।

जुलुसमा सहभागीहरुले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी चाहिदैन, देश बेच्न पाइदैन भन्ने नारा समेत लगाएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका पनि एमसीसी सम्झौताको विरुद्धको नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस कार्यक्रम सम्पन्न भएको छ ।        

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :