नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मङ्गलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन् । फागुन ४ गते संयुक्त रूपमा पाँच दल र एक मोर्चाद्वारा घोषणा गरिएको नेपाल बन्दलाई सफल पार्न त्यसैको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिएको हो ।

सो मसाल जुलुसको कोणसभालाई सम्बोधन गर्दै नेकपाका नेता वीरेन्द्र विकले राष्ट्रघाती एमसीसी परियोजना नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको सार्वभौमिकताको विरुद्धमा रहेको बताउँदै उक्त सम्झौता खारेज हुनुपर्ने बताए । देशको अस्तित्व रक्षाका लागि गरिएको फागुन ४ गतेको बन्दलाई सफलताका साथ सम्पन्न गर्न आम व्यापारी, व्यवसायी, पेसाकर्मी, न्यायप्रेमी, देसभक्त, वामपन्थी सबै जनसमुदायलाई सफल पार्न उनले आह्वान् गरे ।

उक्त जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, नेपाल बन्द सफल पारौँ, दलालहरू होसियार, संसदीय व्यवस्था मुर्दावाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :