एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रूप हो : अपेक्षा

एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रूप हो : अपेक्षा

पाल्पा: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य अपेक्षाले एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रुप भएको बताएकी छिन् । पाल्पाको तानसेनमा २७ औँ जनयुद्ध दिवस मनाउने क्रममा प्रमुख अतिथि अपेक्षाले भनिन्, ‘केही नेताले जनयुद्ध बेचेर खान खोजे पनि क्रमभङ्गतामा निरन्तरताको विकसित रूप एकीकृत जनक्रान्ति हो ।’
उनले अगाडि भनिन्, ‘जनयुद्धमा सहभागी भयौँ । अङ्गभङ्ग भयौँ । हजारौँले मृत्युुवरण गर्नुभयो । यसको मर्मलाई हेलचेक््रयाइँ गरी केही नेताले जनयुद्ध बेचेर खाए । जनयुद्ध बेचेर खान खोज्ने कार्यनीतिका विरुद्ध आफूहरुले निरन्तर विद्रोह गर्दै अगाडि बढ्दा महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरी जनयुद्धका बाँकी काम पूरा गर्न एकीकृत जनक्रान्तिको नयाँ कार्यदशा विकास भएको उनले बताइन् । ‘अहिलेको विश्वको प्रधान शत्रु दलाल पुँजीवाद हो भने घरेलुु प्रतिक्रियावादी शत्रु राष्ट्रिय आत्मसमर्पणवादी दलाल संसदीय व्यवस्था हो । यसका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशा विकास भएको छ’, उनले भनिन्, ‘यी दुई शत्रुलाई पराजित गरेर मात्र समाजवाद स्थापना हुनेछ ।’
जनयुद्ध दिवसका अवसरमा सहिद परिवारका केन्द्रीय सदस्य आकाश, जनयुद्धका घाइते/अपाङ्ग हीरा थापा, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य लङ्क रानामगर , युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज लीला सारुमगर, जनस्वयम्सेवकका सुकुमार, अखिल क्रान्तिकारीका पाल्पा अध्यक्ष सुदीप विश्वकर्मा, कुमाल मुक्ति मोर्चाका पाल्पा जिल्ला अध्यक्ष धनबहादुर कुमाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घका पाल्पा जिल्ला अध्यक्ष राजीव भट्टराई, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य विजय बुढामगर, जनपत्रकार सङ्गठन नेपाल पाल्पा जिल्ला अध्यक्ष मोहन निवाङ, जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष मुक्ति गैरेलगायतको आतिथ्यमा सम्पन्न भएको थियो ।                                                    कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख तथा पार्टी सचिवालय सदस्य मीनबहादुर आले ‘नेपाल’ ले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन श्रमिक  समुदाय माेर्चा नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य नीर बहादुर विक निसानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :