जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

रोल्पा: २७ औं महान जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी सुनछहरी गाउँकमिटी रोल्पाले चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोबाङमा सम्पन्न गरेको छ ।

नेकपा जिल्ला सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्ज हेमन्तको अध्यक्षता पार्टीका रोल्पा जिल्ला विशेष कमिटी सदस्य प्रयासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी निकट भातृ संगठनका प्रमुख प्रतिनिधि,पालिका स्थित विभिन्न राजनैतिक दल, संघसंस्था कार्यालय लगायतको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि प्रयासले जनयुद्ध एक युगन्तकारी परिवर्तनको लागि भएको एक ऐतिहासिक आन्दोलन रहेको स्मरण गरे । जनयुद्धको संकल्पमाथि तत्कालिन नेतृत्वले कुठराघात गरेकाले क्रान्तिको झण्डा यस पार्टीले उठाउनु परेको भनाई समेत राखे । यस्तै नेकपा पूर्व विशेष जिल्ला सेक्रटरी पुस्तमान, नेकपा (एमाले) का सुनछहरी गाउँपालिका अध्यक्ष मनोज घर्तीमगर, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथ लुम्बिनी प्रदेश समिति अध्यक्ष हिमाल, नेपाल एसबिआई बैंक पोबाङका शाखा प्रबन्धक सन्तोष सुवेदी, सामाजिक अभियान्ता टेक बहादुर खत्री, पार्टीका जिल्ला सल्लाहकार दिपक लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपा सुनछहरीका सेक्रेटरी विपुलको सन्चालनमा भएको कार्यक्रममा डेनियलले स्वागत मन्तव्य राखेका थिए ।

यसैबीच २७ औं महान जनयुद्धको अवसरमा नेकपा सुनछहरीले आयोजना गरेको व्याडमिण्टन प्रतियोगितामा विजयी प्रतियोगिहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो । व्याडमिण्टन प्रतियोगितामा इलाका प्रहरी कार्यालय पोबाङ पहिलो, एमवि ग्रुप सुनिल स्मृति ३, रूइनिबाङ दोस्रो, आयोजक
तेस्रो र लेकवेशी युवा क्लव सुनछहरी ३, गाम रोल्पाले चौथो स्थान हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :