नेकपा अछामद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतिक झाँकीसहित सम्पन्न

नेकपा अछामद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतिक झाँकीसहित सम्पन्न

अछाम: नेपाल कम्युनिष्ट पार्टी अछामले २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ । अछामको ढकारी बाजारमा नेपाल कम्युनिस्ट पार्टीसँगै नेकपा (माओवादी केन्द्र) काे पनि सहभागिता रहेको थियो । कार्यक्रमा विभिन्न सांस्कृतिक झाँकीहरुसहित विभिन्न कार्यक्रमहरु गरिएका थिए । तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले २७ औं जनयुद्ध दिवसको सबै सर्वहारा श्रमजीवी जनता र क्रान्तिकारी शक्तिहरुलाई शुभकामना दिदै  महान दश वर्षे  जनयुद्धका सहिद बेपत्ता र घाइते योद्धाप्रति सम्मान व्यक्त गरे । उनले जनयुद्धको वास्तविक उदेश्य पूरा भइनसकेकोले सहिदहरुको सपना पूरा गर्न आफ्नो पार्टी लागिरहेको बताए । नेता तिमिल्सिनाले सामन्तवादलाई घुँडा टेकाउने जनयुद्धले ९० प्रतिशत भुभाग कब्जा गरेको भए पनि प्रचण्ड बाबुरामले जनमुक्ति सेनालाई विघठन गरी नेपाली श्रमजीवि जनतामाथि ठूलो घात गरेको आरोप लगाए । उनले जनयुद्धको उदेश्यलाई पूरा गर्न र उपलब्धिलाई संस्थागत गर्न एक पटक सम्पूर्ण देशभक्त क्रान्तिकारी एक भएर सँघर्ष गर्नु पर्ने बताए । उनले रास्ट्रघाती एमसीसी सम्झौताको विषयमा भण्डाफोर समेत गरे ।

कार्यक्रमा नेकपा (माओवादी केन्द्र) का ढकारी गाउँपालिका अध्यक्ष निर्प थापाले महान १० वर्ष जनयुद्ध वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएको तर पार्टी नेतृत्व सम्झौतामा फस्दा यो समस्या आएको स्विकार गरे ।
कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य लोकेन्द्र शाही, नेकपा अछामका सचिवालय सदस्य विज्ञान, नेकपा माओवादी केन्द्रका नेता तुलाराम उपाध्याय लगायतका अतिथि रहेका थिए । कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :