महासचिव विप्लवद्वारा नन्दी बास्तोलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा नन्दी बास्तोलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ की कान्छी आमा नन्दी बास्तोलाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।
महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै पार्टी सचिवालय सदस्य कञ्चन, उनका बुबा सामाजिक व्यक्तित्व मोतीराम बास्तोलालगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।
शोक वक्तव्यमा महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टीका केन्द्रीय सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ का बुबा सामाजिक व्यक्तित्व मोतीराम बास्तोलाकी जीवनसँगिनी, क कञ्चनकी कान्छीआमा नन्दी बास्तोलाको ६६ वर्षको उमेरमा २०७८ माघ २० गते साँझ आफ्नै घर पञ्चपुरी नगरपालिका वडा नं ९ मा भएको निधनले हामीलाई दुःखी बनाएको छ । मृतक नन्दी बास्तोलाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :