संगठन विस्तार तथा सुदृढीकरण मजदुर जागरण अभियान तीव्र

संगठन विस्तार तथा सुदृढीकरण मजदुर जागरण अभियान तीव्र

संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तरगत मजदुर जागरण तिव्र गतिमा अघि बढिरहेको छ ।

अभियानको क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका महासंघको एक घटक अखिल नेपाल क्रान्तिकारी अटो मोबाइल श्रमिक संघको जिल्ला भेला आयोजक हाइदरअलिको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।

जसको संयोजक कालु मियाँ सदस्यहरु विरेन्द्र शर्मा, दिपक गिरी, विनोद थापा, मुना आलम, शिवनाथ शाह, मुसा आलम, मनु कमार शर्मा, प्रे मुखिया, नुर आलम रहेका छन् ।

उक्त भेलामा महासंंघ जिल्ला इन्चार्ज हुकुम खड्काले अटो मोबाइल क्षेत्रमा कायरत मजदुरहरुलाई मालिकहरुले श्रम ऐन अनुसार सेवा सुविधा नदिएकोले अब मजदुर वर्ग आन्दोलनमा जानुपर्ने बताए । कार्यक्रम संचालन महासंघ संयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :