कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला सम्पन्न

कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला सम्पन्न

दोलखा: नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलाले सुशील थापाको नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

उक्त भेला तथा प्रशिक्षण कार्यकका प्रमुख अथिति एवम दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले संसदीय व्यवस्था भनेको झुटको खेती गर्ने व्यवस्था भएको र दलाल सत्ताले गर्दा आम उत्पीडित, श्रमजीवी जनताले दुःख पाएको बताए । मन्तव्यका क्रममा उनले चुनावमा करोडौं रुपैया व्यवसायी, उद्योगीबाट संकलन गर्न संसदीय व्यवस्थाका दलाल मतियारहरुले मुल्यवृद्धि गरेको बताए । साथै मुल्य वृद्धि नघटाए सशक्त आन्दोलन गर्ने समेत बताए । उनले संसदीय व्यवस्था मान्ने नेताहरु हार्ने डरले जनमत सङ्ग्रहमा जान डराएको समेत बताए । उनले संसदीय व्यवस्थाका हिमायतीहरुलाई भोट माग्दै गाउँगाउँमा आउँदा जनताले लखेटनु पर्ने पनि बताए । जनताको अधिकार सुनिश्चित गर्न वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने अभियानमा निर्वाचित वडा समिति सक्रियतापूर्वक लाग्न समेत उनले निर्देशन समेत दिए ।

सुशील थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन पदम बहादुर थामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :