पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्ध झापामा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्ध झापामा प्रदर्शन

झापाः नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेसँगै जवस मोर्चाहरुले झापामा विभिन्न नाराबाजीसहित कोणसभा सम्पन्न गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गिय संगठनले शुक्रबार झापाको दमकमा विरोध स्वरुप कोणसभा सम्पन्न गरेको हो । कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव प्रशान्त थापा र श्रमिक मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष गोपी लोहारले सम्बोधन गरेका थिए । कोणसभा कार्यक्रमको संचालन पार्टीका जिल्ला कार्यालय सचिव एवम् अखिल (क्रान्तिकारी) झापाका फ्रयाक्सन इन्चार्ज सञ्जय राईले गरेका थिए ।

सम्बोधनका क्रममा देश र जनताको सेवा गर्ने बाचा गरेर सत्तामा पुगेकाहरू आज जनताको ढाड सेक्ने गरी चरम मूल्यवृद्धि गर्दै लुटधन्दामा लागेको भन्दै अब जनस्तरबाट नै दलाल राज्यसत्ताको विरूद्व धावा बोल्नुपर्ने नेताहरूले उद्घोष गरे । उक्त कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, एमसीसी खारेज गर, राष्ट्रघाती दलालहरू होसियार लगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :