मुल्यबृद्धि विरुद्ध नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलय घेराउ

मुल्यबृद्धि विरुद्ध नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलय घेराउ

पोखरा: नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवस मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यलय घेराउ गरेको छ ।

बर्षातको प्रवाह नगरी उपस्थित नेकपा कास्की अन्तर्गतका विभिन्न जनवर्गिय संगठनहरुको उपस्थितिमा आयल निगमको कार्यलय घेराउका साथै विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त जवसको केन्द्रिय कार्यक्रम अनुसार १० देखि ११ बजेसम्म पानीमा रुझ्दै नाराबाजी गरेर विरोध प्रदर्शन गरेका हुन् ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :