अखिल (क्रान्तिकारी) कास्कीद्वारा पेट्रोलियम पर्दाथको मुल्यबृद्धि विरुद्ध मसाल जुलुससहित कोणसभा

अखिल (क्रान्तिकारी) कास्कीद्वारा पेट्रोलियम पर्दाथको मुल्यबृद्धि विरुद्ध मसाल जुलुससहित कोणसभा

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीले पेट्रोलियम पर्दाथमा गरिएको मुल्यबृद्धिको विरुद्धमा आज साँझ मसाल जुलुससहित विराेध प्रदर्शन गरेको छ ।

सयौंको सङ्ख्यामा पोखराको सभागृहदेखि निकालिएको मसाल जुलुस न्युरोड स्थित पोखरा महानगरपालिका अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुका सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राति १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएपछि विरोध स्वरुप मसाल जुलुस कोणसभा गरिएको छ । कोण सभालाई अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवलाय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले सम्बोधन गरेका थिए । उनले जनतालाई कोरोनाको नाममा कोठा भित्र थुनेर शासकहरुको मस्तिको लागि गरिएको मुल्यबृद्धि फिर्ता नगरेमा आज मशाल बोकेर सडकमा निस्केको राता मान्छेहरु यो सत्ताको चिहान खन्ने र मलामी बन्ने चेतावनी समेत दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :