अखिल (क्रान्तिकारी) द्वारा पाेखरामा पेट्रोलियम पर्दाथको मुल्यबृद्धि विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा पाेखरामा पेट्रोलियम पर्दाथको मुल्यबृद्धि विरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समितिले पेट्रोलियम पर्दाथमा गरिएको मुल्यबृद्धि विरुद्धमा आज पृथ्वीनारायण क्याम्पसमा विरोध प्रदर्शन गरेको छ ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुका सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समितिले पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्दि विरुद्धमा आज पृथ्वीनारायण क्याम्पस अघि सडकमा टायर बाल्दै विभिन्न नाराबाजिसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :