पाल्पामा सिजि कम्पनीको जग्गा नेकपाद्वारा कब्जा

पाल्पामा सिजि कम्पनीको जग्गा नेकपाद्वारा कब्जा

 

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आज सिजि कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जैथुम देउलेफलाटमा रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको हो ।

उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडिदेखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरि बेचेको आरोप समेत लगाएको छ । उक्त जग्गा पिडितका अनुसार आफूहरुले भोग चलन गरेको जग्गा कसरी सिजि कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको बताएका छन् । अहिले आँफुहरु पिडित समेत भएको बताए । उक्त जग्गाका बारेमा अदालत मामिला जाँदा सरकारले न्याय नदिएको गुनासो समेत गरेका छन् । उक्त कुरा सिजि कम्पनी र स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दा पनि अटेरी गरेपछि पिडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले बताइन् । उनले उक्त जग्गा पिडितले न्याय नपाउँदासम्म आफ्नो पार्टीको कब्जामा रहने बताइन् ।

साथै नेकपा पाल्पाले विज्ञप्ती जारी गरी उक्त जग्गा कब्जा गरिएको जानकारी दिदै धनु कुमालमाथि भवितव्यं केही भएमा स्वयम् सिजि कम्पनी र उसको प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले जारी गरेको विज्ञप्ति भनिएको छ, `रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जोगिथुम बस्ने धनु कुमालका परिवारले ५ पुस्ता देखि भोगचलन गर्दै आएको जग्गा दलाल संसदीय व्यवस्थाले बनाएको गरीबमारा कानुनले पुँजी र पहुँचको आधारमा सिजि कम्पनीको नाममा पास गरि दिएको छ । उक्त जमिन पिडितले न्याय नपाएसम्म नेपाल कम्युनिस्ट पार्टीको कब्जामा रहेको जानकारी गराउँदछौं । पिडित धनु कुमालको न्यायका लागि जनताका पक्षधर सबै शक्तिहरुलाई सहयोग समेत गर्न अनुरोध गर्दछौं ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :