अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश तिरुवासहित २ जना गिरफ्तार

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश तिरुवासहित २ जना गिरफ्तार

पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध काभ्रेको बनेपामा प्रदर्शन गर्ने क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रकाश तिरुवा र संगठनका जिल्ला सदस्य पूर्ण पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले गएरातिदेखि पेट्रोलियम पदार्थमा थप मुल्यबृद्धि गरेको छ । उक्त विरोधमा अखिल (क्रान्तिकारी) काभ्रेले विरोध प्रदर्शनमा उत्रेको थियो ।

त्यही क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य प्रकाश तिरुवा र संगठनका जिल्ला सदस्य पूर्ण पौडेललाई प्रहरीले गिरफ्तार गरेको उक्त संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :