नेकपा निकट संयुक्त जवस/मोर्चाद्वारा मुल्यबृद्धि विरुद्ध संघर्षको घोषणा

नेकपा निकट संयुक्त जवस/मोर्चाद्वारा मुल्यबृद्धि विरुद्ध संघर्षको घोषणा

नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेका छन् ।

जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।

बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता नलिए अन्यथा यो भन्दा उच्च संघर्षको कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने समेत सम्वन्धित सबैलाई चेतावनी दिएका छन्  ।

नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवसहरुको मुल्यवृद्धि विरुद्ध संयुक्त प्रेस विज्ञप्तीको पूरा पाठ –

वर्तमान दलाल पुँजिवादी राज्यसत्ताले गैर जिम्मेवार ढंगले वारम्वार पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर जनताको ढाडसेक्ने काम गरेको छ । मंगलबार राती १२ बजेदेखि लागुहुने गरी साविकको विक्रीमुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ । भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएको छ । यसको प्रत्यक्ष असर जनताको सम्पूर्ण उपभोग्य क्षेत्रमा पर्ने छ । दलाल राज्यसत्ता र सरकार संचालकहरु हुने नहुने भ्रष्टाचार, कमिसनखोर, तस्करी, विचौलिया, सुधखोर र अनगिन्ति काण्डहरुले बदनाम छ । जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा जनताको ढाडसेक्ने गरी गरिएको अनियन्त्रित मुल्यवृद्धिको हाम्रो संगठन घोर विराध तथा भत्र्सना गर्दछ । तत्काल मुल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दै निम्न संघर्षको कार्यक्रमहरुको घोषणा गर्दछ । अन्यथा यो भन्दा उच्च संघर्षको कार्यक्रम सहित आन्दोलनमा उत्रन बाध्य हुने कुरा समेत सम्वन्धित सबैलाई स्पस्ट पार्न चाहन्छौ ।
संघर्षका कार्यक्रमहरु :
 माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा ।
 माघ २१ गते विहान १० देखि ११ बजे सम्म देशव्यापी आयल निगमका कार्यालय र डिपोहरु घेराउ ।
 माघ २२ गते देशब्यापी प्रचार प्रसार ।
 माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम ।
 माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम ।
 माघ २६ गते देशव्यापी विरोध प्रदर्शन ।

क. ओमप्रकाश पुन, अध्यक्ष क. माईला लामा, अध्यक्ष क. बन्धु चन्द, अध्यक्ष
अखिल नेपाल भुमिहिन सुकुम्वासी संघ, अखिल नेपाल जनसाँस्कृतिक महासंघ । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समिति केन्द्रीय समिति केन्द्रीय समिति

क. खुमा सुवेदी, अध्यक्ष क. रामलाल विक, अध्यक्ष क. जयन्द्र चन्द, अध्यक्ष
जनक्रान्तिका महान् सहिदपरिवार संगठन , श्रमीक समुदाय मोर्चा, नेपाल, गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समिति केन्द्रीय समिति केन्द्रीय समिति

क. पाटन जंड्डली, अध्यक्ष क. प्रकाश शाही, अध्यक्ष क. विनोद थापा, अध्यक्ष
युवा संगठन, नेपाल अखिल (क्रान्तिकारी) अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघ
केन्द्रीय समिति केन्द्रीय समिति केन्द्रीय समिति

क. रत्न मगर, अध्यक्ष क. टिकाप्रसाद कणेल, अध्यक्ष क. श्रीकृष्ण बस्नेत, अध्यक्ष
जनगणतान्त्रिक सम्पर्क मञ्च अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ राष्ट्रिय उद्योग बाणीज्य महासंघ
केन्द्रीय समिति केन्द्रीय समिति केन्द्रीय समिति

क. हरी श्रेष्ठ, अध्यक्ष क. शेरबहादुर विक, संयोजक क. ब्यापक नेपाली,संयोजक अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जनपत्रकार संगठन, नेपाल नेपाल राष्ट्रिय वुद्धिजिवी सगठन
केन्द्रीय समिति केन्द्रीय समिति केन्द्रीय समिति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :