नेकपा कार्यकर्ताले लगाए भ्रष्ट बन अधिकृतलाई कालोमोसो

नेकपा कार्यकर्ताले लगाए भ्रष्ट बन अधिकृतलाई कालोमोसो

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीका कार्यकर्ताले माघ १७ गते कैलालीको पचमुडिया सबडिभिजन कार्यालयका सहायक बन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका छन् ।

उपभोक्ता समितिसँग मिली अनियन्त्रित घूस लिने, भ्रष्टाचार गर्ने, बन समितिसँग मिलोमतो गरी अस्वाभाविक तवरले बन फडानी गरेको र पदीय हैसियतविपरीत अमर्यादित कार्यहरू गर्दै आएको जनगुनासो आएपछि नेकपाका कार्यकर्ताले पण्डितलाई कालोमोसो दालेको बतायएको छ ।

पण्डितलाई कालोमोसो दल्नुको कारण सार्वजनिक गर्दै नेकपा कैलालीले भनेको छ : उपभोक्ता समितिसँग घूस लिने गरेको, बन समितिसँग मिलोमतो गरी अस्वाभाविक बन फडानी गर्ने गरेको, सरकारी कर्मचारी भएर खुलेआम अमूक पार्टीको प्रचारप्रसार गर्दै पदीय मर्यादाविपरीत कार्य गरेको र विगतमा काम गरेका ठाउँहरुबाट भ्रष्टाचार गरेको अत्यधिक जनगुनासो आएकाले कालोमासो दलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :