नेकपा दाङद्वारा सुदिपप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा सुदिपप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका दाङ जिल्ला विशेष कमिटी सदस्य नर बहादुर घर्ती सुदिपको सडक दुर्घटनाबाट भएको निधनबाट पार्टी गम्भीर एवम् दुखित भएको जनाएको छ ।

नेकपा दाङ जिल्ला इन्चार्ज शितल र पार्टीका जिल्ला सेक्रेटरी प्रदिपले आज एक शोक वक्तव्य जारी गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर सल्यान सडक खण्डमा बाटो निर्माण हुँदै गरेको र सहायक बाटोबाट तुलसीपुरतर्फ आउदै गर्दा बाटो माथिबाट पहिरो झरिरहेको र उक्त पहिरोमा परेर पार्टी जिल्ला विशेष कमिटी सदस्य एवम् जनमुक्ति सेना नेपालका प्लाटुन भाइस कमाण्डर सुदिपको दुखद निधन भएको कुराले दाङ जिल्ला पार्टी गम्भीर र दुखित भएको जनाएका छन् ।

शोक वक्तव्यमा दुखद घडिमा मृतक सुदिपप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ भने घरपरिवार, पार्टी परिवार, इष्टमित्र, साथीभाई सबैमा गहिरो समवेदना प्रकट गरिएको छ ।

साथै वक्तव्यमा उक्त बाटो निर्माणको क्रममा आम जनताहरुले विभिन्न समस्या झेल्दै आएको, दुर्घटनामा मानवीय क्षती हुँदासम्म सम्बन्धित सडक निर्माण कम्पनी, सडक डिभिजन कार्यालय र सरोकारवाला सबै पक्षहरुको सडक निर्माण प्रक्रियामा सहज आवागमनको लागि सुरक्षित र वैकल्पिक निकास दिन नसक्नु अत्यन्त दुखद र गम्भीर समस्या भएकाले आगामी दिनहरुमा तत्काल सहज आवागमनका लागि सम्बन्धीत पक्षलाई ध्यानाकर्षण समेत गराइएको छ ।
शोक वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :